आज हुने सामजिक विषयको परीक्षाको प्रश्नपत्र पनि बाहिरियो

धनुषा, १५ चैतः माध्यमिक शिक्षा परीक्षा (एसईई)को सामाजिक विषयको प्रश्नपत्र पनि परीक्षा सुरु हुनु अघि नै बाहिरिएको छ । सप्तरी र धनुषामा अनिवार्य सामाजिक अध्ययन विषयको प्रश्नपत्र पनि बाहिरिएको  छ ।
विज्ञान विषयको प्रश्न पत्र बाहिरिएपछि बिहीबार प्रदेश २ मा सो विषयको परीक्षा नै रद्द गरिएको छ । विज्ञान विषयको परीक्षा हुनुभन्दा एक दिनअगावै प्रश्‍नपत्र बाहिरिएको थियो ।
सामाजिक विषयको प्रश्नपत्र भने जनकपुरबाट बाहिरिएको हुन सक्ने र सप्तरीसम्म पुगेको आकलन गरिएको छ । सामजिक सञ्जालमार्फत प्रश्नपत्र फैलिएको बताइन्छ ।
आज शुक्रबार हुने परीक्षाको प्रश्‍नपत्र जनकपुरमा बिहीबार नै फेला परेको छ । सामाजिक सञ्जालमार्फत देखिएका प्रश्‍नपत्र आधिकारिक हो वा होइन भन्ने खुलेको छैन, आज परीक्षा सुरु भएपछि यसको पुष्टि हुन सक्नेछ । 
राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रश्‍नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धानका लागि १५ दिने म्यादसहित छानबिन समिति गठन गरेकै दिन बिहीबार सामाजिक अध्ययनको प्रश्‍नपत्र पनि परीक्षाअगावै सामाजिक सञ्जालहरुमा देखा परेको हो । यद्यपि यसको पुष्टि हुन बाँकी छ ।
विज्ञान विषयको प्रश्नपत्रसँग समूह र नम्बरसहित लेखिएको हुबहु मिल्दा चिटहरु परीक्षाको एकदिनअगावैदेखि सप्तरी र सिरहालगायत जिल्लामा देखिएका थिए, अन्ततस् प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि सो परीक्षा बिहीबार नै रद्द गरियो । न्युज२४ बाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता