वेवारिसे अवस्थामा झापाको सगरमाथा चोकमा जिवित भेटियो नवजात शिशु

झापा, १५ चैतः झापामा वेवारिसे अवस्थामा नवजाद शिशु जिवितै भेटिएको छ । झापाको भद्रपुर नगरपालिका ८ स्थित सगरमाथा चोकमा जिवित नवजात शिशु वेवारिसे अवस्थामा भेटिएको हो ।
जिल्ला प्रहरीका कार्यालय झपाका अनुसार अन्दाजी १ महिनाको नवजात छोरा शिशुलाई बीच सडकबाटै वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले बुधवार राति उद्धार गरेको हो। उक्त शिशुलाई अहिले मेची अञ्चल अस्पताल भद्रपुरमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
शिशुलाई कसले र किन छाडेको भन्नेबारे केही नखुलेको प्रहरीले जनाएको छ । कस्को शिशु र कस्ले छोडेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको र मान्छे पत्ता नलागे र कसैले जिम्मा नलिए शिशुलाई जिल्ला बालकल्याण समिति झापालाई बुझाइने प्रहरीले बताएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता