१५ दिने महाअभियान इलाममा समापन

इलाम, १४ चैतः इलाम लगायत देशै भरी सञ्चालित  सवारी दुर्घटना न्युनिकरण सम्बन्धी १५ दिने महाअभियान आज एक कार्यक्रम विच समापन भएको छ । महाअभियान कार्यक्रम  अन्तर्गत इलाम जिल्लाको बिभीन्न स्थानहरुमा चालकहरुलाई मर्यादित पहिचानयुक्त तथा आफ्नो पेशा प्रति सदैब उत्तरदायी एवम्  जबाफदेही बनाई सडक शुसाशन कायम गर्नको लागी जिल्ला प्रहरी कार्यालय ईलाम तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय ईलामले मेची राजमार्गहरुमा सचेतनामुलक बोर्डहरु राखीएको थियो । 
त्यस्तै चालक तथा सहचालकहरुलाई प्रशिक्षण प्रदान एवम् स्वास्थ्य परीक्षण गरिनुको साथयै सवारी अनुगमन गरीएको, मादक पदार्थ सेवन चेकचाजलाई तिब्रता दिएको, दुर्घटना न्युनिकरणको लागी जनचेतनामुलक होडिङ बोर्डहरु समेत राखी राखिएको थियो । जिल्ला प्रहरी कार्यालय इलामको सभा हलमा आज भएको समापन कार्याक्रममा जिल्ला समन्वय समिति ईलामका प्रमुख गणेष प्रसाद बराल ज्युको प्रमुख आथ्यित्यतामा इलाम नगरपालिका नगर प्रमुख महेश बस्नेत,  प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिना , प्रहरी उपरीक्षक माधब श्रेष्ठ, शसस्त्र प्रहरी उपरीक्षक बिदुर खड्का,अनुशन्धान अधिकृत तुलसी कटेल तथा बिभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, स्थानीय जनप्रतिनिधि ,यातायात संघ लगायत सार्बजनिक सवारी साधनका चालक र परिचालकहरुको उपस्थितिमा १५ दिने महाअभियान भरीको गतिबिधीहरुको समिक्षा गर्दै समापन कार्यक्रम आयोजना गरीएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता