आइपीएलः कोहलीको बैंगलोर र रोहितको मुवाई पहिलो जीतको खोजिमा

इलाम, १४ चैत्रः भारतको क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आईपीएल)मा  आज बैंगलोर र मुवाईको खेल हुँदैछ । भारतीय कप्तान विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंगलोर र भारतीय ओपन ब्याट्समेन रोहीत शर्माको कप्तानीमा रहेको मुवाई इन्डीयन्स विच नेपाली समय अनुसार बेलुका ८ः१५ बजेमा खेल हुने छ । 
आफ्नो पहिलो खेलमा दुवै टीमले खेल हारेका छन् । मुवाईले दिल्ली क्यापिटलसँग हारेको थियो भने बैंगलोरले चेन्नाईसँग हारेको थियो । यि दुईको पछिल्ला पाँच भेटमा मुवाइले ४ पटकर बैंगलोरले १ पटकमात्र जीतेको छ । 
मुवाईमा कप्तान रोहित शर्मा, क्युटन डिकक्, युवराज सिंह, सूर्यकुमार यादव, इशन किशन जस्ता विष्फोटक व्याट्समेन रहेका छन् र हार्दिक पाण्डीया, केरन पोलाड, कुनाल पाण्डेया, वेन कटीङ जस्ता लामा लामा छक्का लागाउने अलराउण्डर रहेका छन् । भने मुवाई सँग विश्वका राम्रा टी–ट्वान्टी वलर जसप्रित बुम्राह, मिचल म्याकल्यरायन जस्ता बलर रहेका छन् । 
यता बैंगलोरमा कप्तान कोहोली, विष्फोटक व्याट्समेन एबी डेविलियन्स, जस्ता राम्रा ब्याट्मेन रहेका छन् भने वीकेट किपरमा  पार्थीव पटेल, वलरहरु न्युजरल्याण्डका तीव्रगतिका वलर टीम साउथी, भारतीय वलरहरु उमेश यादव, मोहमद साराज, युजव्रेन्द चाहाल अलराउण्डरमा वासिङटन सुन्दर, मोइन अली जस्ता खेलाडीहरु रहेका छन् ।
आज बैंगलोरमा हुने खेलमा मुवाईको जीतको वाधक कप्तान कोहली र एवी डे विलियन्स हुन सक्छन् उनीहरुलाई छिटै आउट बनाउन नसकेमा मुवईको हार निष्चीत हुने छ भने । उता वतरहरुमा उमेश यादव र युजव्रेन्द्र चहाल मुवईको जीतको वदक बन्न सक्छन् । 
मुवाईका रोहीत शर्मा,र डिकक्, युवराज सिंह र सूर्यकुमार यादव विस्फोटक व्याटीङ गर्न सक्छन् । भर्खरै भएको डोमेस्टीक टीङ.–ट्वान्टी सिरिजमा दुई वटा सतक लागएका इशन किशन पहिलो खेलमा देखिएनन् उनले मैकापाएमा विष्फोटक ब्याटीङ गर्ने अनुमान लगाउन सकिन्छ । यसले मुवईलाई जीत निकाल्न धेरै गाह्रो हुने छ । बलिङ तर्फ बुम्रहा र म्याकल्यारायनले बैंगलोरको ब्याटीङ लाईन धरासाई पर्ने पनि क्षमता राख्दछन् ।
आइपीएलको इतिहासमा एक पटक पनि उपाधी नजीतेको बैंगलोर र तीन पटक उपाधी आफ्नो नाम पारेको मुवाई विचको खेल रोमाञ्चक हुने अनुमान लागाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता