प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान

काठमाडौं । काभ्रेमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र विप्लव समूहको कार्यकर्ताबीच गोली हानाहान भएको हो ।
जानकारी अनुसार विप्लव समूहका केही कार्यकर्तालाई फलो गर्दै महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली त्यसतर्फ गएको थियो । उनीहरुले गोली चलाएपछि दोहोरो फायरिङ भएको जनाइएको छ ।

तर अहिले विस्तृत विवरण भने आइनसकेको बताइएको छ । यो घटनाको महानगरीय अपराध अनुसन्धान महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले पुष्टि गरेका हुन् ।

गत फागुन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगाएको थियो । यसका साथै प्रहरीलाई ‘विप्लव’ समूहका नेता–कार्यकर्तालाई जहाँ भेटेपनि घुडा भन्दा मूनी गोली प्रहार गर्न निर्देशन आएको थियो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता