इलाम, २९ इलामः पुर्वी नेपालको प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करणमा आज भएको दोस्रो सेमिफाईनल खेलमा हिमालय शेर्पा विजयी भएको छ । झापाको मेची नेत्रालय काँकारभिट्टा फुटबल ट्रेनीङ सेन्टर (केएफटीसी)लाई ३–० ले हराउँदै हिमालयन शेर्पा क्लब काठमाण्डौ फाइनलमा प्रवेश गरेको हो ।
फाइनल खेल मंगल दाफिन्स क्लब र हिमालयन शेर्पा विच हुने छ ।
२०७१ सालबाट आयोजना शुरु गरिएको फुटबल प्रतियोगिता पुर्वी पहाडी जिल्लाको सर्वाधिक चर्चित प्रतियोगिता हो । प्रतियोगिताको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि शुरु गरिएको माईभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कारको प्रतियोगिता हो ।
झापाको मेची नेत्रालय काँकारभिट्टा फुटबल ट्रेनीङ सेन्टर (केएफटीसी) र हिमालयन शेर्पा क्लब विचको खेलको पुरा भिडियो