अस्थायी शिक्षकद्वारा शिक्षामन्त्रीको राजीनामा माग

काठमाडौं : अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको राजीनामा माग गरेका छन्। 
आइतबार काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध प्रर्दशन गरेका उनीहरुले आफूहरूको माग सुनुवाई नगरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलको राजीनामा माग गर्दै चर्का नाराबाजी गरेका हुन्। १५ वर्षभन्दा बढि सरकारी सेवामा बिताएका अस्थायी तथा करार सेवामा कार्यरत शिक्षकहरुले आफूहरुलाई स्वतः स्थायी गर्न माग गर्दै करिव २ महिनायता काठमाडौं लगायत देशभर सरकारविरुद्ध धर्ना, विरोध प्रर्दशन गर्दै आएका छन्। 
उनीहरूले आफूहरुको माग सम्बोधन नगरे सरकारविरुद्ध सामूहिक राजीनामा दिनेलगायतका आन्दोलनका कडा कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि दिँदै आएका छन्। नेपालमा हाल करिव ४० हजार अस्थायी शिक्षक रहेका छन्। उनीहरूले स्वतः स्थायी गर्नुपर्ने माग गर्दै सरकारलाई दवाव दिइरहेका हुन्।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता