गोर्खे आधारभूत विद्यालयको वीसौँ बार्षिक उत्सब सम्पन्न, दाताहरुले गरे अक्षयकोषको स्थापना


  • बिमल अधिकारी 


देउमाई, ३ चैत्रः देउमाइ नगरपालिका ७ सिद्दिथुम्का इलाममा अबस्थित गोर्खे आधारभुत विद्यालयले आइतबार वीसौँ बार्षिक उत्सब कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्व प्रकाश एक्तेनको सभापतित्व , सात न वडा वडाध्यक्ष भक्त ब लिम्बूको प्रमुख आतिथ्यता तथा खान्द्रुङ माध्यमिक विद्यालयका प्रधानअध्यापक काजिमान लिम्बूको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न बिधामा विद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरिएको थियो। 
साथै विद्यालयको शैक्षिक उन्नतिमा प्रोत्साहन गर्ने उद्देश्यले अभिभावक तथा शुभचिन्तकहरुको सहयोगमा एक अक्षयकोषको समेत स्थापना गरिएको छ। जसको लागि चितरानि लिम्बूबाट नगद रु १५,०१५, रहरमान र रन कुमारी लिम्बू बाट रु १०,०१० , स्व चन्द्र माया लिम्बू को नाममा छोरा बिस्वप्रकाश लिम्बुबाट रु १०,००५ , दीक्षा र प्रती,मिश्र बाट रु ५,००० , पसेरी कहाल सिंह सामुदायिक बनले रु ५,००० , चन्द्र प्र लिम्बू बाट रु ५,००० प्राप्त भएको तथा पुर्ब  सिद्दिथुम्का गाबिस अध्यक्ष उत्तिम ब एक्तेन बाट आठाना जग्गा बिधालयलाई प्रदान गरिएको बताइएको छ। कार्यक्रममा बोल्दै प्रमुख आतिथी र नगर कार्यसमिती सदस्य ले यस बिधालय लाई थप उन्नति गर्न आबश्यक बजेट नगरमा माग गर्ने बताउनुभयो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता