माईभ्याली गोल्डकपः दुवै नयाँ टोली फाईनल पुग्दै

इलाम, २९ इलामः पुर्वी नेपालको प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करणमा आज दोस्रो सेमिफाईनल खेलमा झापाको मेची नेत्रालय काँकारभिट्टा फुटबल ट्रेनीङ सेन्टर (केएफटीसी) हिमालयन शेर्पा क्लब काठमाण्डौ विच हुने । 
आज हुने खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । यसअघि झापाको केफटीसीले उपाधीको दावेदार मानिएको विभागीय टोली त्रीभूवन आर्मीलाई ट्राईब्रेकरमा ४–३ ले पाखा लगाउँदै सेमीफाईनलमा आफ्नो उपस्थिति पक्का गरेको थियो । हिमालयन शेर्पाले डिफेन्डीङ च्याम्पियन थ्रीस्टारलाई पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । यी दुई टोलीमा बिजयी टीमले दाफिन्स फुटबल क्लब क्यामारुन सँग फाइनल खेल खेल्ने छ । जुन टीमले जीत निकाले पनि माइभ्याली गोल्डकको फाइनल खेल नयाँटोलीले खेल्ने छन् । दाफिन्सले पनि पहिलो पटक माईभ्याली गोल्डकप खेलेको हो भने हिमालय शेर्पा र केफटीसी झापाले पनि पहिले पटक माईभ्याली गोल्डकप खेलेका हुन ।
२०७१ सालबाट आयोजना शुरु गरिएको फुटबल प्रतियोगिता पुर्वी पहाडी जिल्लाको सर्वाधिक चर्चित  प्रतियोगिता हो । प्रतियोगिताको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि शुरु गरिएको माईभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कारको प्रतियोगिता हो ।
हेर्नुहोस दाफिन्स र नेपाल पुलिसको खेलको पुरा भिडियोः

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता