रथयात्रालाई इलाममा भव्य स्वागत


चैत १५ इलामः श्री कृष्ण प्रणामी धर्मका प्रवर्तक महामति प्राणनाथको जन्मउत्सबको अवसरमा विश्वभर संचालन भइरहेका महामहोत्सवको प्रचार प्रसार र धर्म प्रचारको लागि निस्किएको जागनी रथ यात्रालाई इलाममा शुक्रबार स्वागत गरिएको छ । रथ यात्रालाई इलाम चोक बजार र इलाम नगरपलिका ५ ओख्रेमा रहेको प्रणामी मन्दिरमा कार्यक्रम गरी  स्वागत गरिएको श्रीकृष्ण प्रणामी युवा परिषद इलामको उपाध्यक्ष सविता पाण्डेले बताइन  ।
रथयात्रामा भारत र नेपालका धर्म प्रचारक , महाराजजीहरु तथा प्रणामी धर्मावलम्बीको सहभागीता रहेको थियो । कार्यक्रममा १०८  महाराज श्री मोहन प्रियाचार्य र धर्म प्रचारक डाक्टर तिलक चैतन्यले धार्मिक प्रवचन गर्नु भएको थियो । विश्वशान्ति , विश्व प्रेम , सामाजिक समानता , आत्मा पहिचान , सर्बधर्म समभाव , असहाय उद्धार , बसुधैव कुटुम्बकम् , दुव्र्यसन मुक्त समाज जस्ता जीवन उपयोगी सन्देशहरु प्राणनाथले दिनु भएको यस धर्म आबद्ध भएकाहरु बताउछन ।  
रथयात्रालाई इलाम र झापा सिमाना जोरकलशमा विहिबार आरती गरी इलाम प्रवेश गराइएको थियो । जोरकलश हुदै  सुर्योदय नगरपालिका १० को आरुवोटे मन्दिर र फिक्कल मन्दिरमा रथलाई पु¥याएर  श्रीकृष्ण प्रणामी मंगल मन्दिर मेहलबोटेमा विर्सजन गरिएको थियो । रथयात्राकै क्रममा प्रणामी धर्मका गुरु १०८ मंगलदासजी महाराजको नाममा रहेको ६ किलोमिटर लामो मंगल पर्यटन मार्गको सुर्योदयनगरका प्रमुख रन बहादुर राइ र मोहन प्रियाचार्य महाराजले शिलान्यास गर्नु भएको श्रीकृष्ण प्रणामी युवा परिषद इलामका अध्यक्ष शेखर भट्टराइले बताए । 
श्री कृष्ण प्रणामी धर्म तथा निजानन्द सम्प्रदायका प्रवर्तक रहनुभएका प्राणनाथ जन्मेको चार सय वर्ष पुगेको अवसरमा देश विदेशमा भइरहेको महोतसवको समापन सुनसरीको इटहरीमा हुदैछ । प्राणनाथको तस्वीर र उहाँको सन्देशहरु लेखिएको रथयात्रालाई भारत सहित नेपालका मेची देखि महाकालीका शहरहरुमा  पु¥याइएको थियो । २०७४ साल चैत्र २३ गते भारतको गुजरातबाट सुरु गरिएको रथयात्रा पनि यही चैत्र २३ गते इटहरीमा विविध कार्यक्रमका विच समापन गरिने भएको छ । इटहरीमा महोत्सव समापन कार्यक्रममा श्रीतारत्तम ब्रहवाणी चारसय पारायण तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुनेछ भने पुर्ननिर्मित मुक्तिधाम मन्दिरको उदघाटन र कलश अनावरण गरिने छ । 
४ सय बर्ष अघि सुरु गरिएको महोत्सव ३ सय बर्षसम्म हुन नसकेपछि १०८ जी महाराज श्री मोहन प्रियाचार्यको विशेष पहलमा पुन सुरु गरिएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता