पुर्व राजा ज्ञानेन्द्र इलाम र पाँचथरको धार्मिक भ्रमणमा आउने, हेर्नुहोस यस्तो छ भ्रमण तलिका

इलाम, १५ चैतः पुर्व राजा ज्ञानेन्द्र शाह निजी धार्मिक भ्रमणको सिलसिलामा इलाम र पाँचथर आउने भएका छन् । शाहको भ्रमण व्यवस्थापन गर्न बनेको समितिले शुक्रबार इलाम सदरमुकाममा पत्रकार भेटघाट गरी सो बारे जानकारी दिएको हो । समितिका सदस्य हरी श्रेष्ठका अनुसार चैत १७ गतेदेखि २१ गते सम्म शाहले इलाम र पाँचथरका विभिन्न धार्मिकस्थलहरुमा पुजाआजा गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम अनुसार चैत १७ गते अपरान्ह शाह इलाममा आएर बस्ने छन भने भोलि पल्ट १८ गते उनी बिहान पाँचथर जाने छन् । त्यस्तै १९ गते उनले त्यहाँस्थित फाल्गुनन्द र शिव मन्दिरमा पुजाआजा गरेर इलाम फर्कने कार्यक्रम रहेको छ ।
त्यस्तै २० गते उनले इलाममा नै बिताएर २१ गते बिहान ११ बजे इलाम सदरमुकामस्थित प्रसिद्ध माईस्थान मन्दिरमा पुजाआजा गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी दमक फर्कने कार्यक्रम रहेको जनाईएको छ । इलाममा २१ गते नविन चोकबाट पैदलै चोकबजार हुँदै माईस्थान मन्दिर जाने छन् । यसबिच भ्रमण व्यवस्थापन समितिसँग समन्वय गरेर शाहसँग शुभेच्छुकहरुले भेटघाट गर्न सक्ने समेत समितिका सदस्य श्रेष्ठले बताए । उनले भने– ‘यो राजा ज्ञानेन्द्र शाहको नितान्त निजी र धार्मिक भ्रमण हो । यो कुनै राजनैतिक कार्यक्रम नभएको र राजाप्रति सदभाव र शुभेच्छा राख्नेहरु मिलेर भ्रमण व्यवस्थापन समिति बनाएको हो । यसमा कुनै राजनैतिक स्वार्थ छैन् ।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता