गृन नेपाल प्रमोशनको इलाम शाखा उद्घाटन

इलाम चैत १५ः गृन नेपाल प्रमोसनको इलाम शाखा प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख गणेस प्रसाद बरालले उद्घाटन गरेका छन् । गृन नेपालका अध्यक्ष रामकुमार रार्इको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा ७ नं. वडाध्यक्ष नरेश श्रेष्ठ, गृन नेपाल सल्लाहकार डा. चित्र निरौला र १ प्रदेश संयोजक गणेश तामाङ, जनजाति महासघ अध्यक्ष अभिषेक एक्तेन, जलकन्या समृद्ध अध्यक्ष छ्त्र मगर, युवा समाजसेवी तारा सुबेदी लगायतको उपस्ति रहेको थियो । 
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि बरालले जिवनको सबै भन्दा महत्त्वपूर्ण स्वास्थ्य भएकोले गृन नेपालको अभियान आम नागरिकको पहुचमा पुग्ने गरि विस्तार गर्न र सर्बसुलभ मूल्य निर्धारणमा ध्यान दिन आग्रह गरेका थिए । युवा ब्यवसायिले संचालन गरेको यो महत्त्वपूर्ण काममा राज्यले पनि सहयोग गर्ने वताए । सल्लाहकार डा. चित्र निरौलाले खासगरी गृन नेपालका मुख्य ३ लक्ष्य सुस्वास्थ्य, सु–समृद्धी र सुशिक्षा रहेको वताए । शाखा उद्घाटन सगै एक दिवसीय स्वास्थ्य शिविर पनि संचालन भएको थियो ।
 निःशुल्क स्वास्थ्य शिविरमा ५६ जनाले सेवा लिएका छ्न । इलाम शाखाबाट प्रकृतिक आहरपुरक पद्धति (फुट न्युट्रेसन) बाट विशेषज्ञ सहितको स्वास्थ्य सेवा संचालन हुने अध्यक्ष रामकुमार राइले बताए । इलाम सहित नेपाल भरी २१ वटा शाखा रहेको र ललितपुरमा नेचुरल कियर हस्पिटल संचालन भैरहेको छ । अन्तर्राष्ट्रिय स्तरको अर्गानिक हर्बल खाध्य पौष्टीक तत्वहरुको उत्पादनद्वारा देश विदेशमा सेवा पुर्याउनुका साथै प्राकृतिक जीवन जिउने कला सिकाउदै अघि बढ्ने गृन नेपाल प्रमोसन दीर्घकालीन उद्देश्य रहेको बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता