आइपीएलः राहानेलाई वर्नर रोक्नको चुनौती

इलाम, १४ चैत्रः भारतको क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आईपीएल)मा  आज सनराईज हैदारबाद र राजास्थान रोयल्स विचको खेल हैदाराबादमा हुँदैछ । भारतीय खेलाडी राहानेको कप्तानीमा रहेको राजास्थान र न्युर्जिल्याण्डका कप्तान केन विल्यन्सनको कप्तानीमा रहेको सनराईज हैदाराबाद विच नेपाली समय अनुसार बेलुका ८ः१५ बजेमा खेल हुने छ । 
आफ्नो पहिलो खेलमा दुवै टीमले खेल हारेका छन् । राजास्थानले पहिलो खेल पञ्जाबसँग १४ रनले हारेको थियो भने सनराईजले कोलकत्तासँग ६ विकेटले हारेको थियो । यि दुईको पछिल्ला पाँच भेटमा सनराईजले ४ पटकर राजास्थानले १ पटकमात्र जीतेको छ । 
सन् २०१६ मा एक पटक उपाधी हातापरेको सन्राई आफ्ना स्टार खेलाडीका साथ होमग्राउण्गमा उत्रने छ भने २००८ को विजेता अर्थात पहिलो संस्करणको विजेता राजास्थान पनि यो सिजनको पहिलो जीतको खोजीमा मैदानमा उत्रने छ । 
राजास्थानमा कप्तान आजिङके राहाने, जस् बटलर, सन्जु स्यमसोन, स्टीप स्मीत, जस्ता स्टार ब्यट्समेन छन् । अलराउण्डर बेन स्टोक, राहुल त्रिपाठी र श्रेयस गोपाल, जाफर अर्चर, जयदेव उन्नाडकट, धवल कुलकर्नी जस्ता वलरका साथमा उत्रने छ । 
सनराईज हैदारावाद भने न्युर्जिल्यण्डका कप्तान केन विल्यन्सनको कप्तानीमा डविड वर्नर, जोनी विस्र्टो, मनिष पाण्डे, विजय शंकर, युसुफ पठान, दिपक होडा, सकिव अल हसन जस्ता नामी अलराउण्डको साथमा उत्रने छ भने उसका वलरहरुमा अफ्गानी स्टार स्पीनर रसिद खान, भारतीय बलरहरु भुवनेश्वर कुमार, सन्दीप शर्मा, शिद्दान्त कौलको साथमा उत्रने छ ।
अहिले सम्म आइपीएलको इतिहासमा यी दुई टीम ९ पटक भिडेका छन् जस्मा सनराईज हैदाराबादले ५ पटक र राजस्थानले ४ पटक जीत निकालेका छन् । हैदारावादको खेलमैदनमा यी दुईको खेल २ पटक भएको छ जस्मा दुवै पटक हैदारावादले बाजीमारेको छ । यसरी हेर्ने हो भने सन्राईज  हैदाराबादको पल्लडा भरी देखिन्छ । 
आज हुनेखेलमा पनि राजस्थानलाई जित निकाल्न धेरै गाह्रो देखिन्छ । जीत निकालनको लागि उसले विस्फोटक ब्याट्समेन वार्नरलाई छिटै आउट गर्नु पर्ने देखिन्छ हैदरावादका कप्तान पनि लामो पारी खेल्नलाई माहिर मानिन्छन भने अलराउण्डरहरु विजय र हसन पनि राजस्थानको लागि खतारा सावित हुन सक्छन् । यता वलरहरु स्पीनर रासिद खान र भुवनेश्वर कुमार राहानेका लागि टाउको दुखाई हुन सक्छन् । राजस्थान लागि जीतका लागि ब्याटीङमा राहाने, र स्मीतमा एक जानाले लामो समय सम्म ब्याटीङ गर्नु पर्ने हुन्छ भने विष्फोटक ब्याट्मेन बटलरले साथ दिएमा जीत नीकाल्न सहज हुने देखिन्छ । 
आईपीएलको पहिलो संस्करण देखि सहभागी भएको राजस्थानले  ९ वटा संस्करणमा सहभागीता जनाएको छ उसले सन् २०१६ र २०१७ को संस्करणमा सहभागीता जनाएको थिएन । सनराईज हैदारावाद भने आईपीएलको छैटौँ संस्करण  २०१३ देखी सहभागी भएको हो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता