इलाम, २७ इलामः पुर्वी नेपालको प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करण फागुन २६ गतेबाट शुरुभएको भएको प्रतियोगितामा आज नेपाल प्रहरी र युनाइटेड दार्जिलिङ विच खेल हुने छ ।
यो सजिनको सहिद स्मारक लिगमामा छैटौँ स्थानमा रहेको नेपाल पुलिस र भारतको दार्जिलिङका विभिन्न गोल्डकपको विजेता दर्जिलिङ युनाईटेड विचको यो दोस्रो भेट हो । तलोतमा गोलडकपमा नेपाल पुलिस दुई शुन्यले दार्जिलिङलाई हराएको थियो ।
२०७१ सालबाट आयोजना शुरु गरिएको फुटबल प्रतियोगिता पुर्वी पहाडी जिल्लाको सर्वाधिक चर्चित प्रतियोगिता हो ।
प्रतियोगिताको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि शुरु गरिएको माईभ्याली गोल्डकप पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कारको प्रतियोगिता हो ।