रोङमा अलैचीको काटछाँट शुरु


  • गोबिन्द पौडेल 

रोङ  २७ फागुनः परंपरागत शैलिमा परिवर्तन गर्दै अलैचीको खेतीमा  आएको सुधारसगै यतीबेला किसानहरु अलैचीको काटछाटमा ब्यस्त हुनेगरेका छन् ।    
इलामको प्राय जसो सबै क्षेत्रमा हुने अलैची  बिगत केही बर्ष यता संक्रामक रोगले पुरानो बगान मासिएपछि उत्पादन नै शुन्यको अवस्थामा पुगेको भएपनि अहिले आएर नया स्थान , नया तरिका  नया प्रजातीको बिरुवा लगाएर अलैची पुन स्थापना भएको छ । "कालो सुन" अनि  "खोल्साका सुन"  उपमा पाएको अलैचीलाइ आधुनिक तरिकाले स्याहार सुसार गर्दा  उत्पादन बढेपछि किसानहरुले  काटछाट गरि अलैचीलाइ मल हाल्ने गर्न थालेका हुन ।   यो सिजनमा अलैचीलाइ छुरी लगाएर दूइदेखी तीन इन्चको फरक डाडा बनाएर काटछाट गरिने गरेको छ । 
नफल्ने बाजीर रोगी डाला हटाउदै आवश्यक्ताअनुसार डालहरुको कटाइ गरिदा फलको थुगा पुष्ट हुने भएको कारण अलैची काटछाट गरिन थालेको रोङ ६ का किसान युवराज आचार्यको अनुभव रहेको छ । अलैचीबाट उत्पादन लिनलाइ भने  फागुन महिनामा अनिबार्य रुपमा छुरी लगाएर काटछाट गर्नु पर्नेगरेको छ ।   
२०४५ सालमा इलामको जिर्मलेमा भित्रिएको हरियो डाला र हरियो फल हुने बिशेषता रहेको जिर्मले जातको अलैची किसानहरुले बारीको ग¥हा नै मासेर रोपेका छन् कम ओसिलो, छहारी नसहने सुख्खा र तातो हावापानी समेत पचाएर राम्रो उत्पादन हुने यो अलैमा अत्याधिक मात्रामा टुसा आउने बिशेषता देखिएको छ । फलको उत्पादन लिनलाइ बर्खामा पलाएको टुसाहरु मंसिर पुसमा काट्नु पर्ने रोङ ६ सलकपुरका अगुवा किसान याम प्रसाद अधिकारी बताउनु हुन्छ ।। 
यतिखेर अलैचीको कोथा लागेर फल्ने र नफल्ने डालाहरु प्रस्ट छुटिने भएकोले  काटछाटमा ससिजलो हुने गरेको छ । अलैचीको हरेक डालामा चार पाच वटा सम्म कोथा लाग्ने भएको बोट बाक्लो भएमा कोथाबाठ राम्ररी फुल फुल्न नसक्ने र फल समेत नलाग्ने भएकाले कतिपय बाक्लो बोटमा फुल फुल्ने बोट समेत फालिने गरेकोछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता