सुम्वेकको स्वास्थ्य शिविरमा ८६५ जनाको स्वास्थ्य परिक्षण

इलाम, २५ फागुनः इलामको सुम्वेकमा भएको स्वास्थ्य शिविरमा ८६५ जनाको स्वास्थ्य परिक्षण गरिएको छ । समुदाय प्रहरी साझेदारी अन्तर्गत समुदाय प्रहरी पालिका समिति इलाम नगरपालिका इलाम र जिल्ला प्रहरी कार्यालय इलामको संयुक्त आयोजनामा शनिबार इलाम नगरपालिका २ सुम्बेक स्थित सुम्बेक माध्यमिक विद्यालयमा वीपी कोइराला बिज्ञान प्रतिष्ठान धरानको बिशेषज्ञ चिकित्सक र इलाम अस्पतालका डाक्टरहरुबाट स्थानिय माझ स्वास्थ्य परिक्षण प्रबाह गर्नका निम्ति निशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको हो  । उक्त शिबिरमा हाडजोर्नि तथा नशा रोग,स्त्री तथा प्रसुति रोग,आँखा जाँच,दन्त परिक्षण,चर्म रोग,मधुमेह तथा सामान्य चिकित्सक सम्बन्धी सेवा उपलब्ध गराईएको छ । 
उक्त शिबिरमा जिल्ला समन्वय समिति इलामका प्रमुख  गणेश प्रसाद बरालको प्रमुख आतिथ्यता तथा इलाम नगरपालिका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सीना, जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक माधब प्रसाद श्रेष्ठ, शसस्त्र प्रहरी उपरीक्षक बिदुर खड्का , प्रमुख अनुसन्धान अधिकृत तुलसी कटेल, इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पवनजंग रायमाझी तथा इलाम नगरपालिकाका १२ वटै वडाका वडा अध्यक्षको आतिथ्यता रहेको थियो । 
शिबिरबाट सेवा लिने सेवाग्राहीलाई निशुल्क रुपमा औषधी बितरण गरिएको थियो ।
उक्त कार्यक्रममा आम सर्बसाधारणलाई समेत न्युनतम शान्ति शुरक्षाका बिषयमा जानकारी गराउने उदेश्यका साथ सहभागीहरुलाई जनचेतना मुलक ब्रोसर,पर्चा,पम्प्लेट र बुकलेट समेत बितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता