आईपीएलको कप्तानीमा कप्तान कोहली लगतार असफलः राजस्थानद्वारा बेंगलोर ७ विकेटले पराजित

इलाम, २० चैतः  भारतको क्रिकेट लिग इन्डियन प्रिमियर लिग(आईपीएल)मा  गएराती भएको खेलमा राजस्थानले बेंगलोरलार्य ७ विकेटले हराएको छ  ।  जयपुरमा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा ३ विकेटको क्षतिमा पुरा गर्दै जित हात पारेको हो । पहिलो ३ खेलमा हार बेहोरेको राजस्थानले बैंगलोरलाई पराजित गर्दै  पहिलो जित निकालेको हो।
बेंगलोरलाई १५८ रनमा रोक्नको लागि मेन अफ द म्याच बनेका राजस्थानका श्रेयस गोपालले ३ विकेट लिए। उनले आफ्नो ४ ओभरमा १२ रन दिएर ३ विकेट निकालेका थिए । राजस्थान जितमा ओपनर बटलरले  ५९ रन बनाए । उनले ४३ बलमा ८ चौका र १ छक्का प्रहार गरेका थिए । गर्दै ५९ रनको योगदान दिए । त्यस्तै अजिंक्या रहणे २२ रनमा आउट भए । स्टिभ स्मिथले ३१ बलमा २ चौेका र १ छक्का प्रहार गर्दै ३८ रनको योगदान दिए । १६ ओभरको पहिलो बलमा स्टिम स्मिथ २३ रन बनाएको अवस्थामा युजवेन्द्र चाहलको बलमा उमेश यादवले बाउन्ड्री लाइन नजिकै सहज क्याच छाड्न पुगेका थिए । अन्तिम ओभरको पाँचौ बलमा छक्का हान्दै खेल जिताएका राहुल त्रिपाठी २३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३४ रनमा अविजित रहे ।
अन्तिमतिर फिल्डिङको क्रममा गल्ती गरेको बेंगलोरका लागि युजवेन्द्र चाहालले २ र मोहम्मद सिराजले १ विकेट लिए । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् । बेंगलोरका लागि पार्थिव पटेलले  ६७ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै मार्कुस स्टोनिसले अविजित ३१ रन जोड्दा कप्तान विराट कोहलीले २३ रन बनाए। मोइन अली १८ रनमा अविजित रहे भने एभी डेभिलियर्सले १३ रन जोडे। बेंगलोरको जितकालागि मुख्य भूमिका खेल्ने व्याट्समेन विराट कोहली र एबी डेभिलियस दुवै जना श्रेयस गोपालको गुग्लीको सिकार बने यो सँगै विराट कोहोली आइपीयलमा ४ पटक गुग्ली बलमा आउट भए भने डेभिलियस ५ पटक आउट भएका छन् । 
राजस्थानका श्रेयस गोपालले ३ विकेट लिए। जितसंगै राजस्थानले ४ खेलपछि पहिलो अंक जोडेको छ बैंगलोरको भने यो लगातार चौंथो हार हो। चार खेलमा चार हार व्यहोरेको बैंगलोर लिगको पुछारमा रहेको छ ।
तस्वीर आईपीएलको आधिकारीक साईटबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता