ओलम्पिक छनौटः आज नेपाल र म्यानमार आमनेसामने

इलाम, २० चैतः  ओलम्पिक छनौट दोस्रो चरणको खेलमा नेपाली महिला फुटबल टिमले बलियो प्रतिद्वन्द्वी म्यानमारको सामना गर्दैछ। म्यानमारको मन्डलारथिरी रंगशालामा नेपाली समयअनुसार बुधबार अपराह्न ५ः१५ बजे खेल सुरु हुनेछ। यी दुई टोलीबीच पछिल्लो छ महिनामा चौंथो पटक भेट भएको हो। समूह ‘ए’ को दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी म्यानमारविरुद्ध पहिलो चरणमा निकालेको नतिजालाई निरन्तरता दिने नेपाली टिमको रणनीति छ। 
गत नोभेम्बरमा म्यानमारमा सम्पन्न पहिलो चरणमा सावित्रा भण्डारीको पेनाल्टी गोलको मद्दतमा नेपालले आयोजक टिमविरुद्ध १–१ गोलको बराबरी खेलको थियो। तर, फेव्रुवरीमा भारतमा सम्पन्न हिरो महिला गोल्डकपको समूह चरणमा ३–० र फाइलनमा ३–१ गोल अन्तरले नेपाल पराजित बनेको थियो। आयोजक म्यानमारविरुद्ध पछिल्लो नतिजा बदल्ने लक्ष्यका साथ नेपाली टोली मैदान उत्रनेछ। समूहको शीर्ष स्थानमा रहने टोली अर्को चरण प्रवेश गर्ने भएकाले दुवै टिमले बुधबारको खेललाई महत्त्वका साथ हेरेका छन्।
म्यानमार प्रस्थान गर्नुअघि नेपालका मुख्य प्रशिक्षक हरि खड्काले टोलीअनुसार रणनीति बनाउने बताएका थिए। उनले म्यानमार समूहको सबैभन्दा  बलियो टोली रहेकाले रक्षात्मक खेल प्रदर्शन गर्ने बताएकाक छन्। नेपाल फिफा वरियतामा पछिल्लो पाँच स्थान सुधार गर्दै १०३ औं स्थानमा छ भने म्यानमार ४४ औं स्थानमा छ। 
बुधबार म्यानमारसँग खेल्ने नेपालले शनिबार भारत र मंगलबार इन्डोनेसियाको सामना गर्नेछ। यसअघि भएको पहिलो चरणमा नेपालले म्यानमार, भारत र बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो। नेपालको समूहमा रहेका तीन वटै टोली बलियो छ। थाहा खबरबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता