राहत र औषधिका सामग्री बोकेर बारा पुगेका डा. केसी आँफै उपचारमा जुटे

कलैया । आईतबार अकस्मात आएको हावाहुरीका कारण ठुलो मात्रामा जनधनको क्षति भएपछि डाक्टर गोविन्द केसी बारा पुगेका छन् ।
हावाहुरी प्रभावितहरुको उपचार साथै राहतका लागि केसी सो स्थानमा पुगेका हुन् । उनी मंगलबार साँझ उपचारका सामग्रीका साथै राहतका सामग्री साथमै बोकेर पुगेका थिए । बाराको पुरैनियका र भतुही भरवलीयामा पुगेर १५० भन्दा बढी घाइतेहरुलाई स्वंयम आफैले उपचार गराएका छन् ।
पीडितलाई खाद्यान्न र कपडा वितरणका साथै फेटा गाउँपालिका वडा नम्बर ६ पुरैनियका वडा अध्यक्ष जाकिर हुसेनको पनि उपचार गरेको डा. केसीले बताएका छन् । आईतबार साँझ अकस्मात आएको हावाहुरीका कारण हालसम्म २७ जना भन्दा बढीको मृत्यु भईसकेको छ भने ६ सय भन्दा बढी प्रभावित भएका छन् ।
पुर्वनिधारित कार्यक्रम अनुसार गृह जिल्ला झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पुर्ण र्कार्यक्रमहरु स्थागित गरेर सोमबार नै प्रभावित क्षेत्रको हवाई निरिक्षण गरिसकेका छन् । त्यस्तै विभिन्न दलका शिर्ष नेताहरुले पनि मंगलबार यो क्षेत्रको निरक्षण गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता