बदामाटारमा निःशुल्क आँखा शिविर

रोङ, १९ चैतः  शान्तिपुर झापा एकता समाजको आयोजना तथा दृस्टी आँखा हस्पिटल बिर्तामोडको प्राबिधिक सहयोगमा रोङ २ को  बदमटारमा नि:शुल्क आँखा शिबिर सम्पन्न भएको छ। 
शशी माध्यमिक विद्यालय रोङ २ मा भएको शिबिरमा १७६ जनाले आँखा परिक्षण गराएका थिए । शिबिरमा  बिरामीहरुलाइ सहुलियतमा चस्मा बितरण गरिएको एकता समाजका अध्यक्ष ज्ञानेन्द्र अधिकारीले जानकारी दिनुभएको छ  । सामन्य समस्याको आज नै उपचार गरिएको र   मोतिबिन्दु लगाएतका समस्या भएकाहरुलार्इ अस्पतालमा सहुलियतमा शल्यक्रिया गरिने छ।     इलामको शान्तिपुरमा जन्मिएर झापाको विभिन्न ठाउमा बसोबास गरिरहेकाहरुको   सङ्गठन एकता समाजले स्थापना भएको एक बर्षमा नै तत्कालिन शान्तिपुर हालको रोङ १ र २ मा विभिन्न संस्था सगको सहकार्यमा बिबिध सामाजिक कार्य  गर्दै आएको छ ।   संस्थाले यस अघि रोङ १ मा निःशुल्क स्वाथ्य शिबिर, ज्योती आधारभुत विद्यालयका विद्यार्थीलाई निःशुल्क सामग्री बितरण, मृगौला पिडित ललित तामाङलाई आर्थिक सहयोग संकलन तथा सडक मर्मत गर्ने लगाएतका कार्य सम्पन्न गरिसकेको छ ।   सामजिक कार्यमा अग्रसर संस्थाले आगामी दिनमा पनि गाउपालिका तथा विभिन्न संघ संस्था सग सहकार्य गरि सामाजिक गतिबिधी गर्ने सोच रहेको संस्थाका सदस्य तोयानाथ तिम्सिनाले जानकारी दिनुभएको छ
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता