इलामको रोङमा विद्यालयको पैसा व्यक्तिलाई ऋण, न साँवा बुझाए न त ब्याज

इलाम, १९ चैतः  झट्ट सुन्दा विश्वास नलाग्न सक्छ तर कुरा चाहिँ साँचो हो, इलामको एउटा विद्यालयको रकम लामो समयदेखि व्यक्तिले चलाइरहेका छन्।
इलामको रोङ गाँउपालिका–५ स्थित बहुवन माध्यमिक विद्यालयको रकम विगत १० वर्षदेखि बहुवनका डिल्लीरमण खतिवडाले चलाइरहेका छन्।
व्याज तिर्ने शर्तमा खतिवडाले २०६५ साल ०७ महिना १० गते विद्यालयको १ लाख रूपैयाँ लिएका थिए। मासिक सयकडा दुई रुपैयाँका दरले व्याज बुझाउने गरी सापटी लिएका खतिवडाले अहिलेसम्म फिर्ता गरेका छैनन् न त लामो समयदेखि व्याज नै बुझाएका छन्।
रोङ गाउँपालिकाले विद्यालयलाई चिठी लेखेर खतिवडालाई उपस्थित गराउन निर्देशन दिएपछि यसबारे खुलाशा भएको हो।
खतिवडाबाट लामो समयदेखी साँवा र व्याज दुवै प्राप्त नभएको उल्लेख गर्दै गाउँपालिकाको चिठीमा लेखिएको छ, ‘शिफारिश गर्ने व्यक्तिहरु, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, तत्कालीन शिक्षक अभिभावक संघका अध्यक्ष र तत्कालीन प्रधानाध्यापकसहित उपस्थित हुन आदेशानुसार अनुरोध छ।’
२०७५ चैत १७ गते बिहान उपस्थित हुन आदेश दिएको भएपनि उनीहरु उपस्थित भएनन्। गाउँपालिकाको पत्र पाएपछि विद्यालयले ११ जनाको नाममा चिठी काटेको थियो। नेपाली पब्लिकबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता