इलामको निःशुल्क आँखा शिविरमा पहिलो दिन ३८ जनाको शल्याक्रिया

इलाम, ३ बैशाखः इलाम अस्पतालमा बैशाख ५ गते देखि ७ गते सम्मको लागि निःशुल्क आँखा शिविर सञ्चालन भईरहेको छ । शिविरमा सामान्य आँखा जाँच देखि मोतियाविन्दुको निशुल्क शल्याक्रिया समेत गरिरहेको आयोजक संस्थाका सहसचिव प्रकाश भट्टराईले जानकारी गराए । आँखा शिविरमा पहिलो दिन  तीन सय भन्दा वढीको आँखा जाँच गरिनुको साथै ३८ जनाको मोतियाविन्दुको शल्याक्रिया गरिएको छ । 

विराटनगर आँखा अस्पतालबाट आएको ८ जना चिकित्सको टोलीले इलाम अस्पपतामा सञ्चालित आँखा शिविरमा सेवा दिदै आईरहेको छ । आँखा शिविर नेपाल नेत्रज्योति संघ जिल्ला शाखा इलामको आयोजना, विराटनगर आँखा अस्पतालको प्रविधिक सहयोग तथा  इलाम नगरपालिका र सामुदायीयक प्रहरी साझेदारी कार्यक्रमको आयोजनामा हुने भएको हो . 
इलाम जिल्लाका आँखाका रोगिहरुलाई सेवा पु¥याउने उद्देश्यका साथ सो आँखा शिविर सञ्चालन हुन लागेको हो ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता