चुडाल उत्कृष्ट नागरिक

बिर्तामोड, ६ बैशाखः नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रबन्धक पूर्णप्रसाद चुडाललाई २०७५ को उत्कृष्ट नागरिक सम्मान प्रदान गरिएको छ ।
वीरता जेसीजका पूर्वअध्यक्षहरुले २०५२ सालमा स्थापना गरेको  उक्त सम्मान हरेक वर्ष सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने व्यक्तिहरुलाई प्रदान गरिदै आएको छ । सोही बमोजिम यस वर्ष चुडाललाई राष्ट्र  सेवाको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै वीरता जेसीज सहित एक सय वढी संघ संस्थाले सम्मान गरेका हुन् ।
चन्द्रगढी विमानस्थलको प्रवन्धक पदमा चुडाल आएपछि विमानस्थलको भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति हुनुका साथै रात्रि उडान सेवा समेत सञ्चालन भएको छ । बिमानस्थल सुधार गरेर झापाको चिनारी अन्तराष्ट्रियस्तरमा वढाएको भन्दै उनलाई सम्मान गरिएको हो । सम्मानित चुडाललाई  स्वर्ण पदक, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको छ । त्यस्तै उनलाई बिर्तामोड नगर परिक्रममा गराइएको छ ।
चुडाललाई उत्कृष्ट नागरिक सम्मान पूर्व उपप्रधान तथा गृह मन्त्री एवम नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेपाल जेसीजका अध्यक्ष महेश पौडेलले संयुक्त रुपमा गरेका थिए ।
उत्कष्ट नागरिक सम्मान समारोह– २०७५ का संयोजक तथा वीरता जेसीज सन २००६ का अध्यक्ष राजेन्द्र चम्लागाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वीरता जेसीजका अध्यक्ष विशाल थापाले गरेका थिए ।
वीरता जेसीजका पूर्व अध्यक्ष तथा राजकुमार पोखरेलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा उत्कृष्ट नागरिक छनौट र प्रक्रिया सहितको जानकारी समिति संयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गरेका थिए । सो अवसरमा उत्कष्ट नागरिक चुडाल र उनकी पत्नी रिजु उप्रेतीलाई पञ्चकन्या र पञ्चेवाजा सहित स्कटिङ गरेर कार्यक्रमस्थल पु¥याइएको थियो । उनको जीवनी, राष्ट्र सेवाको क्षेत्रमा उनले गरेका मूख्य मूख्य काम शव्द चित्रमा प्रस्तुत गरिएको थियो ।
उत्कृष्ट नागरिक छनौट समितिमा संयोजकका रुपमा कुमार भट्टराई, सदस्य मोहन शिवाकोटी, र मोहनकाजी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि कांग्रेस नेता सिटौला, सम्मानित व्यक्तित्व चुडाल, विशिष्ट अतिथि नेपाल जेसीजका राट्रिय अध्यक्ष महेश पौडेल लगायतले बोलेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता