भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु

भोजपुर । भोजपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बिहीबार साँझ भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिका– ९, हसनपुर ज्यामिरेमा को २ त ८७१४ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा हसनपुर ज्यामिरेकै ३७ वर्षीया शान्ति मगर रहेको प्रह

रीले जानकारी दिएको छ । ट्रयाक्टर अनियन्त्रित सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटनाभएको हो । मगरको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
ट्रयाक्टर मेघराज राई प्रहरी नियन्त्रणमा छन् । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता