पत्रकार पक्राउको विरोधमा पत्रकारहरुको ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना

इलाम, ५ बैशाखः पोखरका पत्रकार अर्जुन गिरीलाई साईबर अपराधको मुद्दा दर्ता गरेर पक्राउ गरे पछि देशै भरीका पत्रकारहरु आन्दोलित भएका छन् । पत्रकार गिरीले ठगी सम्बनधी समाचार अनलाइनमा प्रकाशित गरेको विषयलाई लिएर पक्राउ गरेको हो । आज त्यसको विरोधस्वरुप इलामसहित देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय अगाडी  धर्ना दिएका छन् ।
नेपाल पत्रकार महासंघ, जिल्ला शाखाको अगुवाइमा पत्रकारहरुले जिल्ला प्रशासन अगाडी उभिएर पत्रकार पक्राउको विरोधमा धर्ना दिएका हुन् ।
अनलाइनमा समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरोधी भएकाले यसलाई सच्याउनु पर्ने माग पत्रकारहरुको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता