ताप्लेजुङको छुट्टाछुट्टै स्थानबाट १० नाल भरुवा बन्दुक बरामद

ताप्लेजुङ,०५ बैशाख :  ताप्लेजुङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले बिभिन्न स्थानबाट १० नाल भरुवा बन्दुक बरामद गरेको छ । मंगलवार बिहान १० बजे प्रहरी चौकी शिवाबाट खटिएको प्रहरीले फक्तालुङ गाउँपालिका९१ सावादिन जंगलमा बेवारिशे अवस्थामा ३ नाल भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।
त्यसैगरी बिहान पौने ११ बजे प्रहरी चौकी निगुरादिनबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका-१ बाट जंगलमा लुकाई राखेको १ नाल, इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले दिउँसो १२ बजे आठराई त्रिवेणी गाउँपालिका-२ फुलवारी स्थित ओडारे जंगलमा २ नाल, इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले अपरान्ह साढे ४ बजे श्रीजंगा गाउँपालिका- ३ कुन्जरीमा लुकाई राखेको ३ नाल बरामद गरेको हो भने सोही गाउँपालिका सिकैचा बस्ने बर्ष ४० को तुलाराम काङबाङले १ नाल लाईसन्स सहितको भरुवा बन्दुक प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
फिदिम टुडेबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता