पाथीभरा तीर्थयात्रा गएको भ्यान दु्र्घटना, ६ को अवस्था गम्भिर


ताप्लेजुङ । तीर्थयात्री चढेको पिकअप भ्यान मंगलबार राति दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। पाथीभरा दर्शन गरी फर्किएका मे १ ज १४८६ नम्बरको भ्यान राति दश बजेतिर ताप्लेजुङको सुकेटार विमानस्थल नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते मध्ये पाँचको अवस्था गम्भीर रहेको र उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङबाट रिफर गरिएको छ ।
अन्य ६ जनाको जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको र २ जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरु सबै बारा निजगढका भएको बताइएको छ । प्रारम्भिक अध्ययन अनुसार कच्ची सडक र तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता