बेलबारीमा दलित सङ्ग्रहालय निर्माण हुँदै

बैशाख ४ बेलबारीः मोरङको बेलबारीमा दलित सङ्ग्रहालय बन्न थालेको छ । दलित समुदायका धर्म, संस्कार, संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ दलित सङ्ग्रहालय निर्माण थालिएको हो ।
नगरपालिकाको ७ लाख ५० हजार सहयोगमा निर्माण गर्न थालिएको सङ्ग्रहालयको पहिलो तलाको निर्माण कार्य अन्तिम चरणमा छ । सङ्ग्रहालय निर्माण समितिका अध्यक्ष हरिबहादुर बिश्वकर्माका अनुसार दोस्रो र तेस्रो तलका लागि नगरपालिकासँग बजेट मागिएको छ । आगामी वर्षभित्रमै सङ्ग्रहालय निर्माण गरिसक्ने समेत उनले बताए ।
सभाहलसहितको सङ्ग्रहालय निर्माण गर्ने लक्ष्यका साथ काम गरिरहेको निर्माण समितिका अध्यक्ष विश्वकर्माले बताए । दलितहरूको सीप तथा भेषभूषासम्मका सामग्री दलित सङ्ग्रहालयमा राखिने निर्माण समितिका कोषाध्यक्ष राजन खराङे दर्नालले बताए । नौमती बाजा, जुत्ता सिलाउने मेसिन, कपडा सिलाउने मेसिनजस्ता सामग्री राखिने कोषाध्यक्ष दर्नालले बताए ।
बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सो सङ्ग्रहालयको भवन निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् । उनले बेलबारीमै आदिवासी जनजातिको समेत सङ्ग्रहालय बनाइने बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता