इलामको देउमाईमा बैशाख ७ गतेबाट देउमाई अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता

इलाम, २५चैतः इलामको देउमाई नगरपालिकामा यहि बैशाख ७ गते बाट नेपाल आइस देउमाई अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता २०७५ शुरु हुँदै छ । त्रिवेणी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा नेपालका ६ वटा टीम र विदेशी २ टीमले सहभागी जनाउने प्रतियोगिता देउमाई नगरपालिकाको छात्रावसको खेलमैदानमा खेल हुने छ । 
चैत्र २८ गते देखि शुरुहुने खेल देउमाई साहित्यीक पर्यटन महोत्सवले सरेको पनि क्लबका अध्यक्ष बिक्रम श्रेष्ठले जानकारी गराए । 
प्रतियोगिताको विजेता टिमले २ लाख २२ हजार २सय २२ रुपयाँ तथा ट्रफि मेडल प्राप्त गर्ने छ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपयाँ प्राप्त गर्ने ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता