देउमाई साहित्य तथा पर्यटन महोत्सवमा विविध विषयमा वहस

इलाम, २४ चैतः नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराई र नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले इलामको मंगलबारेमा सामसामहिक राजनीतिक विश्लेषण गरेका छन् । 
आइतबार इलामको देउमाई नगरपालिकामा देउमाई साहित्य तथा पर्यटन महोत्सवको सन्दर्भमा भिन्न विचारका व्यक्तित्व भट्टराई र पौडेललाई कठघरामा उभ्याउने क्रममा पत्रकार बसन्त बस्नेतले युवा र अबको नेतृत्व विषयमा नेताद्वयको धारण खोतलेका थिए । दुबै नेताले उमेरको हिसाब गर्ने हो भने आफू युवा नेता नरहेको विचार राखे । नेपाली राजनीतिमा आशलाग्दा नेताका रुपमा रहेका उनीहरुले पार्टी भित्र युवा नेतृत्व हावी गर्नका लागि प्रतिष्पर्धा गरेर नै यूवाहरु अघि बढ्नु पर्ने धारणा राखे  । काम गर्ने परिपक्वता र नया सोचको नेतृत्वले समाज विकास हुन सक्ने उनीहरुको तर्क थियो । नेपाली  राजनीतिमा उमेर हेर्ने परिपाटी रहेकाले त्यसको अन्त्य आवश्यक रहेको जिकिर उनीहरुले गरे । फरक विचारधारका नेता भए पनि उनीहरुको एकै प्रकृतिको रहेको थियो । 
चुनाव जितेर नेतृत्व खोस्नु पर्ने भट्टराईले बताए । उनले भने, ‘३५ वर्षको उमेरका व्यक्ति प्रधानमन्त्री हुँदा गतिलो काम गर्छ भन्ने ग्यारेन्टी हुँदैन ।’
कांग्रेस नेता पौडेलले राजनीतिले समृद्धि र रचनात्मकता खोजेको भन्दै नेता पौडेलले समाजिक मुद्धालाई उठाउन सक्ने व्यक्ति नेतृत्वमा अउन आवश्यक रहेको तर्क गरे । पछिल्लो समय राजनीतिले त्यसप्रकारको मुद्धा उठाउन नसकिएको स्विकारे । 
आइतबार नै भएको सेसनमा सार्वजनिक जीवनमा महिला कति सकस कति सुविधा विषयको बहसले पनि उपस्थितको ध्यान तान्यो । साहित्याकर कुन्ता शर्माले निर्णय गर्ने स्थानमा महिला पुग्नु पर्ने आवश्यकता रहेको बताइन् । बहसकर्ता सीमा आभासले महिलाले स्वयम् अभिभावक बन्न नपाइरहेको गुनासो गरिन्् । पढ्ने, जागिर खाने र चेतना विस्तार गर्नु पर्ने उमेरमा छोरीको विवाह हुने र  पारिवारीक बन्धनमा पर्ने गरेकाले महिला पछि  पर्ने गरेको यथार्थ सुनाइन् । 
विवाहकै सन्दर्भमा  धारण राख्दै आभासले  केटा बिग्रिए भने विवाह गर्नु पर्छ भन्ने मान्यता राख्ने नेपाली समाजको स्तरोन्नती जटिल समस्या बन्दै गएको बताइन् । क्षमता भएका महिलालाई आरक्षण र कम क्षमता भएका पुरुषलाई जिम्मेवारी दिइने नेपाली परम्पराले महिला पछि परेको आभाषले सुनाइन् । शरीरिक रुपमा  समेत पुरुष भन्दा महिला शक्तिशाली रहेको धारण शर्मा र आभासको थियो ।
शर्माले स्थानीय तहदेखि केन्द्रीय तहसम्म हेर्ने हो भने महिलालाई नेतृत्व गर्ने जिम्मेवारी नदिइरहेको तर्क गरिन् ।  सामान्य विषयवस्तुमा अल्मलिने भन्दा पनि क्षमता अभिबृद्धिमा महिला लाग्नु पर्ने शर्माले बताइन् । 
देउमाई नगरपालिका अबको १० वर्षपछि कस्तो हुने भन्ने विषयमा पनि बहस भयो । प्रदेश सभासद राम राना र देउमाइ नगरपालिका प्रमुख सूर्य पोखरेलले चेतनास्तर विस्तार भएसँगै सामाजिक आर्थिक उन्नतीको विस्तारसमेत भएको बताए । पूर्वाधार र सामाजिक संसाधन विकासको पाटोलाई महत्व दिएकाले समृद्ध देउमाईको कल्पना गर्न सकिने उनीहरुको साझा बुझाई थियोे । पछिल्लो समय बेरोजगारी र वैदेशिक रोजगारी बढेकाले युवा माथि अन्याय भएको भन्ने प्रश्नमा प्रदेशसभा सदस्य रानाले प्रदेश सरकारले आन्तरिक रोजगारका लागि योजना बनाएर अघि बढेको तर्क गरे । उक्त सेसनको सञ्चालन गजेन्द्र कटुवालले गरेका थिए ।
त्यस्तै संघर्षको कथामा दयाहाङ राई र राजु पिठाकोटे सम्मिलित भए । राई र पिठाकोटेलाई एपीवान टेलिभिजनका प्रधानसम्पादक टिकाराम यात्रीले आफ्नो जीवनको भोगाइ र जीवनको  धारण विषयमा  प्रश्न गरे । 
इलाम किन घुम्ने विषयको बहस गर्दै केशव धौराली र धर्म गौतमले इलाम घुम्नु पर्ने आधार प्रस्तुत गरे । उक्त सेसनको सञ्चालन पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निस्टुरीले गरेका थिए । महोत्सवमा कुवेर राई, देवि गौतम, कोपिला गौतम, राजेश चाम्लिाङ राईलगायत कलाकारको उपस्थितमा सांस्कृतिक कार्यक्रम समेत भएको छ ।  लोकदोहोरी महोत्सवको आर्कषण बनेको आयोजक समाजकालागि यूवा नामक संस्थाका अध्यक्ष मोती गौतमले बताए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता