धारापानीका भूपालको जन्मदिन राहसल बाल अनाथालयमा

इलाम, २५ चैतः इलाम नगरपालिका धारापानी निवासी भूपाल रिजालले आज आफ्नो जन्म दिन इलामको गोलाखर्कमा रहेको राहसल बाल अनाथालयमा मनाएका छन् ।
आफ्नो जन्म दिनको अवसरमा उनले अनाथालयमा रहेका १५ जना बलबालिकालाई दिउँसको खाजा खुवाएर र आफु पनि सँगै वसी खाजा खाएर मनाएका हुन । जन्म दिनको अवसरमा अनाथालय पुगेका भुपालले आफुलाई सामाजिक काममा र स–सना बालबालिका सँगको खुसी नै जन्म दिनको सवै भन्दा ठूलो खुसी लागेको पनि वताए । 
राहसल बाल अनाथालयमा अहिले १५ जना बालबालिका रहेको र बालबालिका वस्ने घरको अभावको कारण घर निर्माण भई हरेको छ । देश विदेशमा रहेका सहयोगी मनहरुसँगको सहकार्यामा भवन निर्माण तथा स्रोत व्यवस्थापन समिति बनाएर सहयोग उठाएर निर्माण भई रहेको भवन निर्मणमा अझैपनि रकम अभावनै रहेको स्रोत व्यवस्थापनका अध्यक्ष चन्द्र हाङखिम बताउँछन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता