धरानमा भयानक दुर्घटना : ४ जनाको मृत्यु, ४ को अबस्था गम्भिर, दर्जनौ घाईते

धरान, २५ चैत्र: सुनसरीको धरान १३ स्थित जिरोपोईन्टमा सोमबार दिउँसो भएको भयानका दुर्घटनामा च्यापिएर ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने दर्जनौ घाईते भएका छन । धनकुटाको ६ नम्बर बुधबारेबाट धरान आउँदै गरेको ना ६ ख २७१३ नम्बरको यात्रुबाहक बस धरान–१३ को जिरोपोइन्टमा दुर्घटनाग्रस्त भएको हो । बसमा च्यापिएर ४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ,दुर्घटनामा ४ जनाको अबस्था गम्भिर रहेको छ भने कतिजना घाइते भए भन्ने विषयमा हालसम्म यकिन नभएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।
घाइतेहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेका ईलाका प्रहरी कार्यलय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । ब्रेक फेल भई बस दुर्घटना भएको उनले बताए । दुर्घटनामा गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । चालकको साइटतर्फ नै दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ ।
बस पल्टिएर विजुलीको पोलमा अगाडिपटिको भाग ठोकिएको थियो । बसमा च्यापिएका यात्रुहरुलाई निकाल्न जेसिबि प्रयोग गरिएको थियो । मृतक र घाईतेको सनाखत भएको छैन ।
-पूर्वेली न्यूज
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता