जन्मदिनको अवसरमा अमेरीका निवासी बन्दनाको राहसललाई सहयोग

इलाम, २५ चैतः इलामको गोलाखर्कमा रहेको राहसल बाल अनाथालयलाई अमेरीका निवासी बन्दना पराजुलीले खना वापत १० हजार रकम सहयोग गर्नु भएको छ । उनले १० हजार सवै रकम खानामा खर्च नगरिकन बाँकी रहेको रकम भवन निमार्णमा सहयोग गरेकी छन् । आफ्नो जन्म दिनको अवसरमा उनले इलाम निवासी उनकी दिदी अञ्जना पराजुली मार्फत १० हजार सहयोग गरेकी हुन । जन्म दिनको अवसरमा फजुल खर्च गर्नु भन्दा बावु आमा नभएका बालकालिकाको लागि केही रकम सहयोग गर्दा खुसी मिल्ने उनको बुझाई अनुरुप उनी अमेरीकाको केनोफोनीयामा भए पनि आफ्नो जन्म जिल्लामा भएको अनाथालयलाई सहयोग गरेको वताउँछीन ।

राहसल बाल अनाथालयमा अहिले १५ जना बालबालिका रहेको र बालबालिका वस्ने घरको अभावको कारण घर निर्माण भई हरेको छ । देश विदेशमा रहेका सहयोगी मनहरुसँगको सहकार्यामा भवन निर्माण तथा स्रोत व्यवस्थापन समिति बनाएर सहयोग उठाएर निर्माण भई रहेको भवन निर्मणमा अझैपनि रकम अभावनै रहेको स्रोत व्यवस्थापनका अध्यक्ष चन्द्र हाङखिम बताउँछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता