देउमाई गोल्डकपः तयारी लगभग पुरा, ८ टीमको सहभागिता रहने

इलाम, २८ चैतः इलामको देउमाई नगरपालिकामा यहि बैशाख ७ गते बाट नेपाल आइस देउमाई अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता २०७५ शुरु हुँदै छ । त्रिवेणी युवा क्लबले आयोजना गरेको प्रतियोगितामा नेपालका ७ वटा टीम र विदेशी १ टीमले सहभागी जनाउने प्रतियोगिता देउमाई नगरपालिकाको छात्रावसको खेलमैदानमा खेल हुने छ । 
प्रतियोगीताको बारमो आज इलाममा आयोजक संस्था त्रिवेणी युवा क्लबले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ । प्रतियागितामा काठमाण्डौको फेन्च क्लब, न्युस्टार सुनसरी, रेडस्टार विर्तामोड, उलाबारी फुटबल क्लब, सिक्कीम युनाईटेड भारत र आयोजको टीम कन्फम भई सकेको र इलामबाट माईभ्याली फुटबल क्लब, र झापाको एउटा क्लब आउने जानकारी गराए । प्रतियोगिताको विजेता टिमले २ लाख २२ हजार २सय २२ रुपयाँ तथा ट्रफि मेडल प्राप्त गर्ने छ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष बिक्रम श्रेष्ठले जानकारी गराए।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता