गुल्मीमा जीप दुर्घटना, पूर्व सांसद सहित तीन जनाको मृत्यु

गुल्मी, २८ चैतः  गुल्मीको मुसिकोट नगरपालिका १ चिहान डाँडामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा नेपाली काँग्रेसका पूर्व सांसद ६५ वर्षीय रुद्रमणी शर्मा भण्डारी र मालिका गाउँपालिका १ का ८ वर्षका वस्कर विश्वकर्मा र पछिल्लो मृत्यु हुनेमा मालिका गाउँपालिका ३ ह्वाङ्गदीकी २६ बर्षिया कोशिला थापा रहेको प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिए ।
मालिका गाउँपालिकाबाट बुटबलका लागि छुटेको लु १ ज १९५७ नम्बरका जीप चिहान डाँडामा दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा परि थप ८ जना घाइते भएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता