इलामका दुईवटा सामुदायिक वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन लागू

इलाम, २९ चैतः इलाम जिल्लाका दुई वटा सामुदायिक वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन लागू भएको छ । माई नगरपालिकाको जोडिएको सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थान लागू भएको हो । 
माईनगरपालिका सव–डिभिजन कार्यालयका प्रमुख सुरज निरौलाका अनुसार माईनगरपालिका–४ मा अवस्थित सुखानी र लालीगुँरास सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको १० वर्षे कार्ययोजना तयार गरी लागू गरिएको बताए ।
निरौलाले सो दुईवटा वनमा वन विज्ञानको आधारमा रूखको जीवनचक्र अनुसार नयाँ बिरुवाको पुनरुत्पादनवनमा पुराना बुढा सालका रूख रहेको र काटछाँट गरी नयाँ सालको जंगल हुर्काउने वैज्ञानिक वन व्यवस्थापन विधिलाई कार्यक्रमका माध्यमबाट लागू गरिने जानकारी दिए ।
त्यसो हुदाँ स्थानीय उपभोक्ताले वार्षिक लाखौँ आम्दानी सहित बुढा, ढलापढा, सुकेका रुख खेर गएको अवस्थामा वनको वैज्ञानिक व्यवस्थापनबाट वनको हैसियतमा सुधार र काठको आपूर्ति पूरा हुने, सरकारलाई राजस्व सङ्कलनमा वृद्धि, स्थानीय तहमा रोजगारी सिर्जना गर्नेछन्,’ सव–डिभिजन कार्यालयका प्रमुख निरौलाले भने, ० देखि १९ डिग्रीसम्म ठलापढा रुखहरु निकाल्न मिल्ने उनले बताए । ’ 
‘ वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत एउटा सामुदायिक वनमा ८० वटा प्लट गराएर ८० वर्षमा एक पटकमा एउटा प्लटबाट रुख उत्पादन गर्ने गरी योजना बनाएर काम गर्ने गरिन्छ । पहिलो चरणमा सुखानी सामुदायिक र लालीगुरास सामुदायिकको वैज्ञानिक वन व्यवस्थापनको १० वर्षे कार्ययोजना तयार भएको छ । जसअन्तर्गत सालको बालीचक्र ८० वर्षको हुने भएकाले १० प्लटिङमा वन क्षेत्र विभाजन गरिएको हुन्छ । प्रत्येक एक प्लटिङलाई १० भागमा पुन विभाजन गरी पुनरुत्पादन कटान गरिने निरौलाले जानकारी दिए । उनले यसबाट भएको आम्दानीलाई स्थानीय उपभोक्ताहरूको आर्थिक दिगो जीविकोपार्जन र स्थानीय विकासका कार्यक्रममा लगाइने बताए ।
 ‘पुनरुत्पादन व्यवस्थापन गर्दा वन क्षेत्रमा माउ रुखलाई इनामेल लगाई छोडेर रुख कटान गरिने कार्ययोजना रहेको हुन्छ,’ संरक्षणमा प्राथमिकताका साथ अघि बढाउँछौं ।’ वनको वैज्ञानिक व्यवस्थापन अन्तर्गत वन स्रोत सर्वेक्षण, रुख नक्साङ्कन, पुनरउत्पादन गर्ने क्षेत्रमा रहेका रुखको गणना, प्रजाति, व्यास उचाइ र गुणस्तरसमेत मापन गर्ने गरिन्छ । वनको वैज्ञानिक व्यवस्थापन गर्न आवश्यक अग्निरेखा निर्माण, पुनरउत्पादन कटान भएको क्षेत्रमा तारबार संरक्षण तथा पुनरउत्पादन अभिवृद्धि कार्यक्रमसमेत पूरा गर्ने गरिएको जिल्ला वन कार्यालय इलामले जनाएको छ । वनको वैज्ञानिक व्यवस्थापन कार्य सम्पन्न गर्न प्रारम्भिक चरणदेखि पुनरउत्पादन कटान कार्यसम्मका काम गरिने वनको वैज्ञानिक व्यवस्थापन कार्यालय प्रमुख निरौलाको भनाई रहेको छ ।

समुदाय र विभिन्न तहमा भएका छलफल, कार्यशाला गोष्ठी, वनको अध्ययन र सर्भेबाट सुखानी सामुदायिक वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना तयार भएर पनि स्वीकृत भई सुरुवात भएको सुखानी सामुदायिक वन समूहका अध्यक्ष लक्ष्मी चापागाईले बताए । ४ दशमलव ६१ हेक्टरमा वन क्षेत्रमा वैज्ञानिक वन कार्ययोजना लागू भैइसकेको यस समूहमा ८ लाख ४० हजार रुपैया वन तथा भू–संरक्षण मन्त्रालयबाट बजेट व्यवस्थापनका लागि  विनियोजन भइसकेको अध्यक्ष चापागाईले बताए । 
माईनगरपालिका वडा–४ अध्यक्ष सूर्य दुलालले नगरले निरीक्षण गरी कार्यक्रम अगाडि आएकाले १ वर्षसम्म परीक्षणको रुपमा हेरिने बताए । 
सुखानी सामुदायिक वनको सभाहलमा आयोजित कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगर सभा सदस्य सिताराम भट्टराई, माईनगरपालिका नगर सभा सदस्य महेन्द्र बुढाथोकी, पूर्व अध्यक्षहरु ओम प्रकाश सिटौला, धनबहादुर तामाङ, उपभोक्ता इश्वर खवास, श्याम भट्टराई लगायतले धारणा राखेँका थिए । 
यता लालीगुरास सामुदायिक वनले पनि १ दशमलव २६ हेक्टरमा वैज्ञानिक वन व्यवस्थापन योजना लागू गरेको समूहका अध्यक्ष टेक बहादुर लुङ्गेलीले बताए । १३ सय क्यू.फि काठ दाउरा संकलन गरिने त्यसबाट प्राप्त आम्दानीले  स्थानीय उपभोक्ताहरूको आर्थिक दिगो जीविकोपार्जन र स्थानीय विकासका कार्यक्रममा लगाइने छ । सो समूहको व्यवस्थापनका लागि वन तथा भू–संरक्षण मन्त्रालयबाट ४ लाख ८० हजार रुपैंया रकम विनियोजन भइसकेको बताइएको छ । 
यस आर्थिक वर्षमा सो क्षेत्रको नमूना, बसन्त सामुदायिक वनमा समेत वैज्ञानिक वन व्यवस्थापन योजना जिल्ला वन डिभिजन कार्यालयले स्विकृत गरिसकेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता