
वार्षिक उत्सवको अवसरमा एक कार्यक्रमको आयोजन १४ जनालाई सम्मान गरेको छ । समुले ७ जना जेष्ठ नागरिकलाई पित्ताम्बर दोसल्ला ओडाएर सम्मान गरेको छ । अग्रजलाई आदर सम्मान गर्ने , सानालाई माया प्रेम र प्रेरणा प्रदान गर्ने भाव सहित अघि बढ्ने समुहको उदेश्य भएकोले जेष्ठ नागरिकलाई सम्मानको कार्यक्रम राखिएको समुहकी कोषाध्यक्ष मञ्जु भारतीले बताइन । सम्मानित हुने जेष्ठ नागरिकमा रघुबीर रसाइली , कुलमान विष्ट , युवराज सुवेदी , मनमाया सुवेदी , प्रवित्रा सुवेदी , हर्कमाया अधिकारी र विष्णुमाया चौहान रहेका छन ।
यसैगरी समुहले आर्थिक र भौति सहयोग गर्ने अन्य ७ जना सेवकहरुलाई सम्मान पत्रले सम्मानित गरेको छ । सम्मानित हुने सेवकहरुमा, गोविन्द सुवेदी, निरोज राउत, निलकमार घिमिरे, ज्ञान बहादुर विष्ट, गणेश सुवेदी, दिपा घिमिरे र शेरबहादुर राउत रहेका रहेका छन ।
कार्यक्रमा भजन तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा रीना घिमिरे , विष्णु भट्टराई, निरोज राउत, मेनुका कार्की, अरुणकुमार महत, धर्म भण्डारी, गणेश राउत र कृष्ण घिमिरेले शुभकामना मन्तव्य राखेक थिए