मंगलबारे बहुमुखी क्याम्पसको अध्यक्षमा मेघप्रसाद सर्वसम्वत

इलाम, १४ बैशाखः देउमाई नगरपालिकाको मंगलबारेमा सञ्चालित मंगलबारे बहुमुखी क्याम्पस ब्यवस्थापन समितिको अध्यक्षमा मेघप्रसाद चम्लागाई चयन हुनु भएको छ । शनिवार भएको तेस्रो क्यापस सभाले चम्लागाईको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको हो ।
चम्लागाई क्यापस स्थापना गर्दा महत्वपूर्ण भूमिका खेलेका ब्यक्ति हुन् । उनी स्थापना कालमा संयोजक समेत भएर काम गरिसकेका ब्यक्ति हुन् । शिक्षा क्षेत्रमा लामो अनुभव भएका उनी भगवति माध्यामिक बिद्यालय धुसेनीमा लामो समय प्रधानाध्यापक समेत रहेका थिए ।  
आज निर्वाचित समितिको सदस्यहरुमा पुर्णचन्द्र श्रेष्ठ, पदम खनाल, मुनादेवी श्रेष्ठ, पुष्प आचार्य, सुरेन्द्र वस्नेत रहेका छन । त्यस्तै अन्य सदस्यहरुमा राजिव प्रधान,  देविका गौतम, युवराज श्रेष्ठ, उमकान्त शंकर र विष्णु वस्नेत छन । सात जना स्वत पदेन सदस्य रहने छन भने बाँकी तीन जना मनोनयन गरिने छ । यस भन्दा अघि क्यापस ब्यवस्थाप समितिको अध्यक्ष हेममणि प्रधान रहेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता