देउमाई गोल्डकपः रेड स्टार विर्तामोडलाई उपाधी

  • टीका खतिवडा

(मंगलबारे) इलाम, १४ बैशाख ः इलामको देउमाई नगरपालिकास्थित मंगलबारेमा सम्मपन्न चौथो देउमाई अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फूटवलको उपाधि झापा विर्तामोडको रेड स्टारले हात पारेको छ । शनिवार भएको फाइनल खलमा रेडहर्स इलामलाई सडन डेथमा पराजित गर्दै विर्तामोडले उपाधी चुमेको हो । 
विर्तामोडले उपाधिस“गै नगद २ लाख २२ हजार २ सय २२ रुपया“ सहित ट्रफी प्राप्त गर्यो । उपविजेता इलामले १ लाख ११ हजार एक सय ११ रुपया“मा चित्त बुझायो ।  
खेलको ३३ औं मिनेटमा रेडहर्ष फूटवल क्लबका पासाङ शेर्पाले गोल गरेका थिए । रेडस्टारका तर्फबाट दोस्रो हाफको ६९ औं मिनेटमा पाएको पेनल्टी प्रहारलाई सदुपयोग गर्दै अर्जुन खत्रीले गोल गरेर बराबरीमा ल्याएका थिए । 
टाइ ब्रेकरमा २ तर्फ ४÷४ गोल भएको थियो । सडन डेथमा रेडहर्सका दर्शन गुरुङको प्रहार झापाका गोल रक्षक दिनेश थापाले जोगाउँदा इलाम उप विजेतामा समेटिएको हो । विर्तामोडको तर्फवाट दिनेश गुरुङ, अर्जुन क्षेत्री, विक्रम धिमाल, युवराज राई र शक्ति राईले गोल गरेका थिए । विर्तामोडका भरत खवासको वल बाहिरिएको थियो । इलामका छिरिङ गुरुङ, हरि सिटौला, डाडे बेम्बा, प्याट्रिकले गोल गरेका थिए । इलामका मनिश थापाको प्रहार झापाका गोलरक्षकले रोकेका थिए । म्यान अफ द म्याच इलामका पासाङ तामाङ घोषित भए । वेष्ट डिफेन्स इलामका छिरिङ गुरुङ, वेष्ट किम्पर झापाका दिनेश थापा मगर, मिडफिल्ड मनिश थापा, टप स्कोरर विर्तामोडका शक्ति राई, मस्ट भ्यालुएवल प्लेयर हरि सिटौला घोषित भए । 
विजेता तथा उपविजेता टीम तथा खेलाडीहरुलाई देउमाई नगरपालिकाका प्रमुख सूर्यप्रसाद पाख्रेलले पुरस्कार वितरण गर्नुभयो । २०७० सालबाट सुरु प्रतियोगिता गत ७२ सालमा गएको भूकम्पका कारण मैदानमा क्षति पुगेपछि हुन नसकेको आयोजक त्रिभेणी युथ क्लबका सचिव अषेश बुढाथाकीले जानकारी दिनुभयो । अव यस वर्षबाट प्रतियोगिता निरन्तर सञ्चालन गरिने आयोजक क्लवका अध्यक्ष विक्रम श्रेष्ठले वताउनुभयो । उहाँका अनुसार आगामी वर्षबाट थप पुरस्कार समेत बृद्धि गरिँदै लगिने छ । 
औपचारिक कार्यक्रम त्रिभेणी युथ क्लबका अध्यक्ष विक्रम श्रेष्ठको अध्यक्षता तथा देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता