
इलाम, १४ बैशाखः इलाम नगरपालिका ३ चैतेमा सोही स्थान बस्ने भिम बहादुर मुखियाको बारीमा जंगली रेडपान्डा स्थानियले फेला पारेका थिए ।
उनीहरुले प्रहरी चौकी रक्सेमा जानकारी गराए पछि चौकीबाट टोली खटी गई जिल्ला वन कार्यालय इलामका प्रतिनिधी,इलाम नगरपालिका ३ नं. वडाका वडा अध्यक्ष, उच्च पहाडी संस्था नेपलाका प्रतिनिधी तथा स्थानिय बासीहरुको उपस्थितिमा सो रेडपान्डालाई इलाम नगरपालिका ३ स्थित सामुदायिक वन हिलेमा सुरक्षित साथ छाडिएको छ ।