
इलाम, १४ बैशाखः समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय इलाम, इलाम ६ को वडा कार्यालय इलामको सहकार्य तथा नागरीक सचेतना केन्द्र इलामको आयोजनामा इलाम नगरपालिका ६ स्थित इलाम बिद्या मन्दिरमा १ दिने सचेतनामुलक कार्यक्रम संचालन भएको छ ।
कार्यक्रममा उपस्थित स्थानिय बासीहरुलाई यौनजन्य अपराध,जबरजस्ती करणी, लैङगिक हिंसा,लागुऔषध, साईवर अपराध, तथा बालबालिकाको लागी आधारभूत सुरक्षाको बिषयमा नेपला प्रहरीबाट प्रशिक्षण दिएको छ ।कार्यक्रममा इलाम ६ वडाका वडा अध्यक्ष माधव प्रसाद भट्टराईको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो ।
सोही बिषयबस्तु माथि इलाम नगरपालिकाका प्रशासकिय अधिकृत राम शाह तथा मानव अधिकार मञ्च नेपालका मनोबिमर्शकर्ता रुद्र थेबेबाट समेत सहभागीहरुलाई यौनजन्य अपराध सम्बन्धी प्रशिक्षण दिएको छ ।