
सूर्योदय, १४ बैशाखः इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय फिक्कल अन्तर्गत समूह अध्यक्षहरुको बार्षिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सुर्योदय नगरपालिका रोङ गाँउपालिका र माईजोगमाई गाउँपालिका भरिका १४० महिला स्वाबलम्बन समूहमध्ये करिब १०० बडी महिलाहरुको सहभागीता रहेको थियो । कार्यक्रम आज लाप्चा भवनमा सम्पन्न भएको हो ।
संस्थाको बार्षिक कार्यप्रगती र सेवा सुबिधा बारे जानकारी गराईएको कार्यक्रममा समुह ब्यव्स्थापनमा पदाधिकारीको काम कर्तब्य र उत्तरदायित्वको बारेमा छलफल गरिएको थियो ।
नमुना समाज निर्माणमा पदाधिकारीको भुमिका सम्बन्धमा केहि सहभागिले आप्ःनो धारणा राख्दै नेतृत्व सबल र निष्पक्ष हुन आवश्यक रहेको बताए । सहभागिहरुले सिपमुलक तालिमको खाँचो भएको तर संस्थाले तालिम संचालन गर्न नसकिरहेको गुनासो राखेका थिए । प्रमुख अतिथी क्षेत्रिय कार्यालय बिर्तामोडका आनन्द कुमार गौतमले प्रशिक्षकको अभाब भएकाले तालिम आयोजना गर्न नसकिएको बताए । उनले धेरै समुह मिलाएर तालिमको शिर्षक सहित खबर गरे ३ महिना भित्रमा तालिम संचालन गरिने प्रष्ट पारे ।
कार्यक्रमको अवसरमा संस्थाले केहि उत्कृष्ट समुहहरुलाई पुरष्किृत गरेको छ । पुरष्किृत हुनेहरुमा सुर्योदय महिला स्वावलम्बन समुह बरबोटे प्रथम,आठघरे महिला स्वावलम्बन समुह द्धितिय, कोपिला गोगने महिला स्वावलम्बन समुह तृतिय भएका छन भने जोगमाई महिला स्वावलम्बन समुह र अर्थेटार महिला स्वावलम्बन समुहलाई सान्तावना भएका छन ।
त्यसैगरि लघु उद्यम तर्फ सुर्योदय नगरपालिका ७ कन्यामकी ख्याम कुमारी घले उत्कृष्ट सदस्य भईन भने ब्यक्ति बचत तर्फ सुर्योदय नगरपालिका ९ बरबोटेकी याम कुमारी लिम्बु पुरष्कृत भईन । जोगमाई महिला स्वावलम्बन समुहकी अध्यक्ष प्रबिना राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केहि सहभागीले संस्था संग सम्बन्धित कबिता समेत बाचन गरेका थिए ।
संस्थाकी सदस्य मुना कटुवालले छोराछोरी पढाउन पनी यसै संस्थाको साथ पाएको बताईन ।यता कर्मचारी जिवनकुमारी पौडेलले बैङकको सदस्य हुँदा देखि कर्मचारी हुँदा सम्मको अनुभव सुनाईन । भाबि दिनमा संस्थालाई अझ सबल र सक्षम बनाईने साखा प्रमुख एकनारायण शर्माले बताएका छन् ।