जोखिम न्युनीकरण एकिकृत “अभ्यास हातेमालो”

इटहरी, २० चैतः गृह मन्त्रालय र नेपाली सेनाको संयोजकत्वमा आयोजित प्रदेशस्तरीय विपद् प्रतिकार्य सम्बन्धी एकिकृत “अभ्यास हातेमालो” चैत्र १९ गते मोरङको बिराटनगर स्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालय परिसरमा सम्पन्न भएको छ ।
दुई दिनसम्म चलेको उक्त अभ्यासको पहिलो १८ गते बिपद् जोखिम न्युनिकरण सम्बन्धि नंया बनेका विभिन्न निति नियमावलीहरु तथा व्यबस्थाका बारेमा गृह मन्त्रालय, आन्तरिक मामिला मन्त्रालय तथा अन्य सरकारी तथा गैह् सरकारी प्रतिनिधिहरुबाट प्रस्तुतिकरण भएको थियो भने दोश्रो तथा अन्तिम दिन १९ गते प्रशासनका प्रतिनिधिहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस सोसाईटी सम्बद्ध गैह् सरकारी संस्थाहरु र सञ्चारकर्मी लगायत गरि करिव ४० जनाको उपस्थिती रहेको थियो ।
प्रदेश स्तरमा ठुलो स्केलको विपद् आएको खण्डमा हालको विपद् व्यबस्थापन संरचना अनुरुप कसरी प्रतिकार्य गर्न सकिन्छ भन्ने सिनारियोमा आधारीत रहि संचालन गरिएको सो अभ्यासको पूर्वी पृतनापति उपरथी समीर शाहीले निरिक्षण गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता