जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु


पाल्पा । जन्ती बोकेको जिप दुर्घटना परि ५ जनाले ज्यान गुमाएका छन्।
पाल्पाको निस्दी गाउँपालिका ७ मा भएको जन्ती बोकेको जिप दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेहरूमा खड्ग बहादुर सोमाइ , देबलाल खनजा , लालबहादुर सारु , सन्तबहादुर सारु र चालक बुद्धिबल क्षेत्री रहेको इलाका प्रहरी रामपुरले जानकारी दिएको छ ।
इलाका प्रहरी रामपुरका अनुसार लु १ ज १९४० नम्बरको जन्ती बोकेको जिप दुर्घटना भएको हो । प्रहरीको टोली उक्त जिप दुर्घटना स्थलमा गएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता