धनकुटामा प्रदेश न १ स्तरिय महिला भलिवल प्रतियोगिता आजबाट शुरु हुदैँ

इलाम, १७ बैशाखः  धनकुटामा आजबाट प्रदेश न १ स्तरिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश न १ सरकारको सामाजीक विकास मन्त्रालयले आयोजान गरेको प्रतियोगिता बैशाख २१ गते सम्म संचालन हुने स्थानीय संयोजक समितीले सोमबार धनकुटामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
प्रतियोगितामा प्रदेश नं. १ का १४ वटै जिल्लाका जिल्ला खेलकुद विकास समितिको प्रतिनिधीत्व गर्दै १ सय ५४ जना खेलाडी र अफिसियल सहभागि हुने र प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख नगद सहित शिल्ड प्राप्त गर्ने छ भने दोस्रो हुने टोलीले नगद ५० हजार प्राप्त गर्ने छ ।
व्यक्तिगत विद्या तर्फ उत्कृष्ठ हुने खेलाडीलाई नगद रु ५ हजारको दरले पुरस्कृत गरिने स्थानीय आयोजकले जानकारी दिएको छ । खेल सम्पन्न गर्न करिब २६ लाख लाग्ने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता