इलामको अन्तुमा एउटा शिर्षकमा आएको पैसा अर्को ठाउँमा लगाए पछि स्थानीय आक्रोशित

फिक्कल, १७ बैशाखः इलामको सुर्योदय नगरपालीका वडा ४ मा शिर्षकनुसार बाटो निर्माण नभएको भन्दै स्थानीयबासी आक्रोसित भएका छन् ।  अन्तुको तीन बल्क सल्लेरी सडक स्तरोन्नती गर्नका लागि प्रदेश नम्बर १ सरकारले सांसद विकास कोषबाट रु ८ लाख बिनियोजन गरेको छ । बाटो निमार्ण गर्न उपभोत्ता समिति गठन गरिदिन भनि पटक–पटक वडा कार्यालयमा निबेदन सहित सिफारीस लिन जाँदा सुनुवाई नभएको स्थानिय लक्षुमण रसाईलीको भनाई छ । बिनियोजित रकमबाट सोही वडाको गुफाटार सल्लेरी क्षेत्रमा बाटो निर्माण भईरहेको छ । 
शिर्षकनुसार काम नभए रकम फ्रिज हुनुपर्ने स्थानियको माग रहेको छ । शिर्षकनुसारको काम हुनुपर्ने माग गदै नगरप्रमुख , जिल्ला सम्वन्वय समितिका उपसंयोजक ,सामाजीक ब्यात्तीहरुसँगलाई समेतलाई ध्यानकर्षण गराएको स्थानिय ईन्द्रनाथ राईले बताए । यदि उत्तबाटोलाई बजेट आवश्यक नभएको भए जिल्ला सम्वन्वय समिति मार्फत समयमा जानकारी गराएको भए शिर्षक परिवर्तन गराउनको लागी प्रदेशमा पठाउने थियौ । 
उत्तबाटो स्तरोन्नती गर्न आवश्यक भएकाले प्रदेश साँसद मार्फत छलफल गरेर रकम बिनियोजन भएको  शिर्षकनुसार काम हुनुपर्ने र यस बिषयमा नगरप्रमुख,उपप्रमुख ,बिषयगत समितिसँग बसेर छलफल गरेर निस्कर्षमा पुग्ने जिल्ला सम्वन्वय समितिकी उपसंयोजक चित्रकला बराईलीले बताईन । अहिले बाटो निमार्ण भइरहेको क्षेत्र साबिक श्रीअन्तुको वडा नम्बर ८ नै पर्ने र दुबैवटा बाटो एकै ठाँउ पुग्ने भएकाले शिर्षक भन्दापनि भौगोलिक बिकटता हेरेर काम गरेको र तिन बल्क सल्लेरी सडकमा यहि महिनाको अन्तिमबाट शहरी बिकास कार्यालय ईलामले गुरुयोजना ( डिपीआर) शुरुगर्ने भएकाले गुफाटार सल्लेरी क्षेत्रमा काम गरेको वडाअध्यक्ष मधुसुधन लामिछानेले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता