प्रदेश १ को पूँजीगत खर्च २२ प्रतिशतमात्रै

विराटनगर, १७ बैशाखः प्रदेश १ सरकारले हालसम्म २२ प्रतिशत मात्र विकास खर्च गर्न सक्षम भएको छ ।
प्रदेश लेखा नियन्त्रण कार्यालयका अधिकृत ऋषि खनालले दिएको जानकारीअनुसार चालु आर्थिक वर्षको कुल बजेट ३५ अर्ब ९३ करोड ६० लाख १४ हजार रुपैयाँ रहेको छ । जसमध्ये १४ अर्ब ५५ करोड ३५ लाख ६२ हजार ४ सय १० चालुु खर्चअन्तर्गत छुट्याइएको थियो ।
त्यस्तै, पूँजीगततर्फ १८ अर्ब ८७ करोड ७४ लाख ५१ हजार ५ सय ९० रुपैयाँ र स्थानीय सरकारलाई छु्ट्याइएको वित्तीय हस्तान्तरण अन्तर्गत २ अर्ब ५० करोड ५० लाख छुट्याइएको थियो । उक्त बजेटमध्ये पहिलो र दोस्रो चौमासिकको खर्च निराशाजनक देखिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भने सरकारले खर्च गर्ने क्षमता बढाउन नसकेको गुनासो गरेको छ । खर्च गर्ने शक्ति कसरी बनाउने भन्ने वातावरण तय गर्न नसक्दा लक्ष्यअनुसार विकास खर्च गर्न नसकिएको सांसद सूयर्माराज राईले बताए ।
उनले भने, ‘कसरी खर्च बढाउने भन्ने बारेमा सरकारले पहिल्यै योजना बनाउनुपथ्र्यो । अन्तिम समयमा आएर ह्वात्तै खर्च गर्ने परिपाटीले विकासको लक्ष्य प्राप्त गर्न गाह्रो हुन्छ ।’ प्रदेशप्रोटलबाट साभार गरिएको 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता