कैलालीमा स्थिति तनावग्रस्त : दर्जनौँ सेल अश्रुग्यास प्रहार, स्थानीय र प्रहरी घाइते

कैलाली, १७ बैशाखः  कैलालीको लम्कीचुहा नगरपालिका १ लम्कि बजारमा ट्रकको ठक्करबाट १९ वर्षीया युवती सुनिता रावलको मृत्यु भएपछि स्थानीयले चर्को प्रदर्शन गरेका छन् ।
स्थिति निकै तनावग्रस्त भएपछि प्रहरीले दर्जनौ सेल अश्रुग्यास प्रहार गरेको छ । स्थानीयले प्रहरीमाथि ढुंगमामुडा प्रहार गरेर घाइते बनाएका छन् । उता प्रहरीको बल प्रयोगबाट केही सर्वसाधारणसमेत घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिनका लागि प्रहरी एवं सशस्त्र प्रहरीबलसमेत खटिएको छ ।
पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९२३३ को ट्रकले ठक्कर दिँदा स्थानीय लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा १९ वर्षीया सुनिता रावलको मृत्यु भएको हो ।
मंगलबार कलेजबाट पढाई सकेर घर फर्कदै गरेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट मृत्यु भएपछि स्थानीयहरुले ट्रकमा तोडफोड गर्नुका साथै सडकसमेत बन्द गराएका छन् । स्थिति अहिले पनि तनावपुर्ण नै रहेको छ । 
न्युज २४ बाट साभार गरिएको 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता