मेचिनगर गोल्डकपः इलामलाई हराउँदै थ्रीस्टार अन्तिम चारमा

झापा, १७ बैशाख । थ्रीस्टार क्लब झापाको काँकरभिट्टामा जारी चौथो मेचिनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा इलामको माइभ्याली फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै थ्रीस्टार अन्तिम चारमा पुगेको हो ।
मंगलबार काँकरभिट्टा माविको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टारका अनन्त तामाङ्गले दोस्रो हाफको ४० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफमा थ्रीस्टार माथि दबाब बनाए पनि गोल गर्न नसक्दा इलामको अघिल्लो चरणको यात्रा समाप्त भयो ।
खेलको १७ औँ मिनेटमा माइभ्यालीका राजिव लोप्पचनको प्रहार पोष्टबाट बाहिरिएको थियो । ३४ औं मिनेटमा मनिस थापाको क्रसमा डिबक्सबाट लोप्चनले चेस्ट कन्ट्रोल गरि प्रहार गरेको बलले पोष्टको दिशा लिन सकेन ।
खेलको म्यान अफ दी म्याच थ्रीस्टारको सुशिल राई घोषित भए । उनले नगद ११ हजार प्राप्त गरे । बुधवारबाट सेमिफाइनलका खेलहरु हुँदैछन् । पहिलो सेमिफाइनल खेलमा संकटा फुटबल क्लब र विभागिय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता