ताप्लेजुङमा भीर काट्ने क्रममा पहरा फुट्दा जेसिवीसहित चालक पुरिए


फुङ्लिङ, २४ चैतः  सडक खन्ने क्रममा पहरा खस्दा ताप्लेजुङमा चालक सहित जेसीबी मेसिनलाई नै पुरेको छ । जिल्लाको सिरिजंघा गाउँपालिकाको ५ पेदाङमा भन्ने ठाउँमा सो दुर्घटना भएको हो । पहिरोले पुरिने चालक सिन्धुलीका २५ बर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख संञ्जयसिंह थापाले बताएका छन् ।
पेदाङको जोरपुलदेखि राष्ट्रिय मावि पेदाङ जाने सडक खनिररहेका बेला मुक्तुरा भिर काट्ने क्रममा एक्कासी पहरा फुटेर आएको पहिरोले जेसिबी पुरिएकोे जनाईएको छ । प्रहरीका अनुसार घटना आईतबार बिहानको हो । पहिरोमा परेको मेसिन पुर्णरुपमा पुरिएकोले चालकको अवस्थाबारे केही भन्न नसकिएको प्रहरी प्रमुख संञ्जयसिंह थापाले बताएका छन् । चालकको उद्धारका लागि अर्को जेसिवी बोलाईएको पनि प्रहरी प्रमुख थापाले बताएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता